अनुसूची २
क्यासिनो सञ्चालन गर्न आवश्यक पूर्वाधार
अनुसूची–२
(नियम ८ सँग सम्बन्धित)
१. क्यासिनो सञ्चालन गर्ने स्थानमा देहायका भौतिक पूर्वाधार हुनु पर्नेछ : –
(क) पर्याप्त सवारी पार्किङ क्षेत्र भएको
(ख) चमेना गृह (रेष्ट्ररां)
(ग) स्नान घर (सावर रुम) सावना, स्टिम वाथ
(घ) व्यायाम स्थल
(ङ) स्पा सम्बन्धी सुविधा
(च) स्वीमिङ्ग पुल
(छ) क्यासिनो स्थलमा खेलकुदको सुविधा
२. मन्त्रालयले समय समयमा तोके बमोजिमका अन्य पूर्वाधार ।